- संगालोखबर सम्वाददाता

विराटनगर । विराटनगर महानगरपालिका–१७ स्थित रघुपति जुटमिलको मेसीनले हात काट्दा एक जना अप्रेटरको मृत्यु भएको छ । मृत्यु हुँनेमा विराटनगर–१४ का ४२ बर्षीय राजो कामत छन् ।

Advertisement

गएराती १० बजे जुटमिलको मेसिनमा काम गरिरहका बेला मेसिनले बायाँ कुमबाटै हात काटेको थियो । हात काटिएर कामत घाइते भएका थिए । उनलाई उपचारका लागि विराट नर्सिङ होम लगिएको थियो । त्यहाँ डाक्टरले उनलाई मृत घोषित गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!