- संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

उदयपुर । उदयपुरमा आज बिहान चट्याङ्गको चर्को आवाजले एक बालक बेहोस भएका छन् । बिहान करिब ३ः४५ बजे चट्याङ्ग पर्दा उदयपुरगढी गाउँपालिका–४ डुम्रेका १४ बर्षीय इन्द्रबहादुर थापा मगर बेहोस भएका हुन् ।

सुतिरहेका बेला बर्षासँगै चर्को आवाजमा चट्याङ्ग पर्दा उनी आत्तिएर बेहोस भएको प्रहरीले जनाएको छ । उनलाई अचेत अवस्थामा उपचारका लागि गाईघाटस्थित जिल्ला अस्पताल ल्याइएको छ । अहिले उनको अवस्था सामान्य बन्दै गएको उदयपुरका प्रहरी प्रवक्ता डीएसपी सन्तोष आचार्यले बताए ।

‘राती ठूलो पानीसहित चट्याङ्ग परेको थियो, नजिकै ठूलो आवाजमा चट्याङ्ग पर्दा बेहोस भएपछि उपचारका लागि ल्याइएको थियो,’ आचार्यले संगालोखबरसँग भने, ‘अहिले होस खुलेको छ, बोल्न थालेका छन् ।’

केही दिनयता पूर्वी नेपालमा दैनिकजसो मेघगर्जनसहित बर्षा हुँने क्रम चलिरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!