- संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

उदयपुर । उदयपुरमा सुतिरहेकै ठाउँमा एक महिला मृत भेटिएकी छन् । उदयपुरगढी गाउँपालिका–७ नागवेलीकी ३७ बर्षीया दिल कुमारी राई ओछ्यानमै सुतिरहेको अवस्थामा मृत भेटिएकी हुन् ।

गएराती खाना खाएर सुतेकी राई सुतेकै ठाउँमा मृत अवस्थामा रहेको भनेर आज बिहान करिव ११ बजे अस्थाई प्रहरी पोष्ट नेपालटारमा टेलीफोनमार्फत जानकारी आएको थियो । घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी निरीक्षकसहितको टोलि घटनास्थल गएको थियो ।

Advertisement

राईको शवलाई पोष्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको र घटनाको विषय अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!