- सन्तोष सुवेदी/संंगालोखबर

धनकुटा । धनकुटामा विगत छ महिनाको अवधिमा मानवअधिकार उल्लघंनका ४८ वटा घटना भएको एक तथ्यांकले देखाएको छ । मानव अधिकार बर्स पुस्तक २०२३ का लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले तयार गरेको अर्धवार्षिक प्रतिवेदनले यस्तो तथ्यांक देखाएको हो ।

Advertisement

इन्सेकले शुक्रबार पूर्व समीक्षा कार्यक्रम गरी २०७८ माघ (२०२२ जनवरी) देखि हालसम्म जिल्लामा भएका मानव अधिकार उल्लघंनका घटनाको बारेमा जानकारी दिएको हो । इन्सेकको तथ्यांक अनुसार सो अवधिमा २ जनाको हत्या, १ जनामाथि राज्यपक्षबाट कुटपिट, ३ जनामाथि गैरराज्यपक्षबाट कुटपिट, ३ जनामाथि धारिलो हतियार प्रहार, ३० जनामाथि घरेलु हिंसा, ८ जनामाथि बलात्कार र १ जनामाथि बलात्कारको प्रयास भएको छ ।

गत वर्षभर मानवअधिकार उल्लंघनका ५७ वटा घटना भएका थिए । तर, यस पटक छ महिनाको अवधिमै ४८ वटा घटना भएको इन्सेक प्रतिनिधि ईश्वर थापाले जानकारी दिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी युवराज कटेलले सबैले आ–आफ्नो जिम्मेवारी पुरा गरेमा मानव अधिकार उल्लंघनका घटना न्यूनिकरण गर्न सहज हुने धारणा राखेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!