- सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटामा अर्गानिक व्यवस्थापन समिति (पीजीयस) गठन गरिएको छ । शनिबार कार्यक्रम गरेर युवराज दर्नालको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा लालयन राई, सचिवमा बेदप्रसाद रोइला, सह–सचिवमा हिक्मत मगर र कोषाध्यक्षमा आशा राई चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा पदमबहादुर आले, केशब चेम्जोङ, उपेन्द्र खनाल, नारायण श्रेष्ठ, गणेश सुवेदी र मणिकुमार सुवेदी चयन भएका छन् ।

नारायण श्रेष्ठको संयोजकत्वमा गणेश सुवेदी र मणिकुमार सुवेदी सदस्य रहेको प्रमाणिकरण उप–समिति पनि गठन गरिएको छ । त्यस्तै सीता बस्नेत, हिरा बस्नेत र तोर्ण राईलाई निरीक्षक तोकिएको छ ।
अर्गानिक खेतिमा प्रोत्साहन गरिने

यो समितिले धनकुटामा अर्गानिक खेति गर्न प्रोत्साहन गर्ने, माटोको प्रमाणिकरण लगायत काम गर्ने नवनिर्वाचित अध्यक्ष दर्नालले जानकारी दिए । अहिले प्रयोग भइरहेको रसायनिक मल बन्द गरेर प्रांगारिक मल प्रयोग गर्न थालेको ६ महिनादेखि १ वर्षसम्म माटो अर्गानिक हुन समय लाग्ने भएकाले सो अवधिलाई निरीक्षणको काम गरिने उनले बताए ।

प्रांगारिक मलको प्रयोग बढाउन किसानलाई सहजिकरण गर्ने दर्नालको भनाई छ । समितिले आगामी दिनमा भेडेटार, धनकुटा र छ नं. बुधबारेमा अर्गानिक उत्पादन विक्री केन्द्र राख्न पहल गर्नेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!