- संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटा नगरपालिका–६ स्थित पात्लेखोला नजिक निर्माण गरिएको पोखरीमा डुबेर आज दिउँसो दुई जना बालकको मृत्यु भएको छ । पौडी खेल्ने क्रममा पोखरीमा डुब्दा धनकुटा–५ स्थित बिहीबारे हटियाका १४ बर्षीय सोनिम राई र धनकुटा–७ जिरोपइन्टका १५ बर्षीय उदय राईको मृत्यु भएको हो ।

Advertisement

धनकुटा एग्रो टुरिजम एण्ड फन भ्याली प्रा.लि.ले करिब तीन बर्ष अघि सो पोखरी निर्माण गरेको हो । सो पोखरीमा शुल्क लिएर बोटिङ्ग र स्वीमिङ्ग गराउँने गरिएको थियो । तर, केही महिना यता त्यो काम छोडेर माछा पोखरीको रुपमा मात्र प्रयोग गरिएको सो कम्पनीका प्रतिनिधिको दावी छ । सो पोखरीमा कुनै घेरावारासमेत लगाइएको छैन । सोनिम र उदय पनि साथीहरुसँग पौडी खेल्न करिब १२ बजे त्यहाँ पुगेका थिए । ‘लाइफ ज्याकेट’ विना नै पौडी खेल्न पोखरीमा पसेका दुवै बालक पोडी खेल्ने क्रममा बाहिर निस्कन नसकेर डुबेका हुन् ।

त्यहाँबाट उनीहरूलाई निकालेर उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याइएको थियो । तर, अस्पताल ल्याइपुर्याँउँदा उनीहरूको मृत्यु भइसकेको जिल्ला अस्पतालका डा.मनिष प्रसाद शाहले पुष्टि गरे । ‘अस्पताल ल्याइपुर्याउँदै उनीहरूको मृत्यु भइसकेको रहेछ, हामीले केही उपाय लाग्ला कि भनेर प्रयास गर्यौं, तर, केही उपाय लागेन,’ डा.शाहले संगालोखबरसँग भने ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!