विराटनगर र चौदण्डीगढीबाट लागु औषधसहित चार जना पक्राउ
विराटनगर । मोरङ र उदयपुरको दुई छुट्टा छुट्टै स्थानबाट लागु औषधसहित चार जना पक्राउ परेका छन् । गएराती साढे ७ बजे चौदण्डीगढी नगरपालिका–६ रातमाटेमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले चौदण्डीगढी–६ बेल्टारका २९ वर्षीय अनिष काफ्ले र २५ बर्षीय कालु राईलाई पक्राउ गरेको हो ।
प्रदेश १–०५–००१ प १४०७ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुको साथबाट फेनाराग...































