इटहरीमा पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–२ स्थित कोशी लोकमार्गमा पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी–२ का २८ वर्षीय लोमस दाहाल छन् ।
शुक्रवार साँझ करिव ८ बजे धरानबाट इटहरीतर्फ जाँदै गरेको प्र १–०२–००२ च ४६६२ नंम्बरको पिकअपले सोही दिशातर्फ जाँदै गरेको को १६ प ५७२० नंम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । पिकअपको ठक्करबाट दाहाल र मोटरसाइकलमा पछाडि सवार इटहरी–५ का २...































