- संगालोखबर सम्वाददाता
फाइल तस्वीर

धनकुटा । धनकुटा बजारमा आज बिहान दुई वटा मोटरसाइकल आपसमा जुध्दा दुई जना घाइते भएका छन् । बसपार्कबाट तमोरभ्याली स्कुलतर्फ जादै गरेको को.५ प ५६३५ नम्बरको मोटरसाइकल र विपरीत दिसाबाट आँउदै गरेको को.२९ प २२२३ नम्बरको मोटरसाइकल बिहान करिब १०ः३० बजे तमोर भ्याली स्कुल नजिक आपसमा जुधेका हुन् ।

दुर्घटनामा परी को.२९ प २२२३ नम्बरको मोटरसाइकलका चालक सहिदभूमि गाउँपालिका–१ का ३५ वर्षीय रोसन खड्का र मोटरसाइकलको पछाडि सवार धनकुटा–७ बस्ने ३३ वर्षीया दुर्गा भण्डारी घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Advertisement

घाइतेहरूलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याइएको थियो । त्यहाँबाट थप उपचारका लागि धरान पठाइएको छ ।

घाइते मध्ये भण्डारीको अवस्था गम्भीर छ । घटनापछि को.५ प ५६३५ नम्बरको मोटरसाइकलका चालक धनकुटा नगरपालिका–८ का १९ बर्षीय जितेन राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!