- सन्तोष सुवेदी/संंगालोखबर

धनकुटा । धनकुटामा २ हजार ८ सय भन्दा बढी मतदाता थपिएका छन् । बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनपछि २ हजार ८ सय २६ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

Advertisement

निर्वाचन कार्यालयले शुक्रबार सरोकारवालाहरूसँग गरेको अन्तरक्रियामा यस्तो जानकारी दिइएको हो । गत स्थानीय तह निर्वाचनमा धनकुटामा १ लाख १५ हजार ९ सय ६४ जना मतदाता थिए । थप भएपछि अब १ लाख १८ हजार ७ सय ९० मतदाता भएका छन् ।

धनकुटामा प्रतिनिधि सभातर्फ एउटा र प्रदेश सभातर्फ २ वटा निर्वाचन क्षेत्र छन् । मतदाता थप भएसँगै अब प्रदेश सभा (क) मा पुरुष ३० हजार ९ सय ८२ र महिला ३१ हजार ४ सय ९० गरी जम्मा ६२ हजार ४ सय ७१ जना मतदाता भएका छन् ।

त्यस्तै प्रदेश सभा (ख) मा २८ हजार २ सय ४७ पुरुष र २८ हजार ४५ जना महिला गरी ५६ हजार ३ सय १९ मतदाता पुगेको निर्वाचन कार्यालयका प्रमुख जयराम श्रेष्ठले जानकारी दिए ।

एउटै मात्र निर्वाचन क्षेत्र भएकाले प्रतिनिधि सभा निर्वाचनमा भने धनकुटाका सबै मतदाताले भोट हाल्न पाउँनेछन् । आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभा निर्वाचन हुँदैछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!