संगालोखबर सम्वाददाता

विराटनगर । विराटनगरमा सौन्दर्यकर्मीहरुले तीज पर्व मनाएका छन् । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल महानगर कमिटी विराटनगरको आयोजनामा तीज बिशेष कार्यक्रम गरिएको हो ।

Advertisement

तीज विशेष नृत्य प्रतियोगिता, १६ शृङ्गार र म्युजिकल चेयर प्रतियोगिता गरिएको छ । १६ श्रृंगार प्रतियोगितामा रश्मी कामत बिजयी भइन् । प्रतियोगितामा १२ सौन्दर्यकर्मी सहभागि थिए । म्युजिकल चियरमा आरती कामत प्रथम बनिन् । रन्जु श्रेष्ठले नृत्य प्रतियोगिताको उपाधि जितिन् भने देवीका प्रधान दोस्रो भइन् ।

कार्यक्रममा व्युटिसियन ओमकुमारी राईलाई सम्मान गरिएको छ । सौन्दर्यकर्मी युनियनको सदस्यता विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेबापत उनलाई सम्मान गरिएको राष्ट्रिय सौन्दर्यकर्मी युनियन महानगर कमिटीका अध्यक्ष अमिता पोखरेलले जानकारी दिइन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!