- संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

पाँचथर । पाँचथरमा आफ्नै विद्यालयकी विद्यार्थीलाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् । कक्षा ५ मा अध्ययनरत छात्रालाई बलात्कार गरेको आरोपमा याङ्वरक गाउँपालिका–४ को सनसाइन बोर्डिङ स्कुलका शिक्षक सरजित ठटाल पक्राउ परेका हुन् ।

भारतको दार्जिलिङ घर भएका शिक्षक ठटालले भदौ ३ गते साँझ ती बालिकालाई बलात्कार गरेको आरोप छ । घटनाका विषयमा बालिकाका आफन्तले प्रहरीमा जाहेरी दिएका थिए ।

Advertisement

घटनाको जानकारी पाएपछि ठटाललाई पक्राउ गरेर जिल्ला अदालतमा मुद्दा दायर गरी कारबाही प्रकृया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!