- संगालोखबर सम्बाददाता

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–२ स्थित कोशी लोकमार्गमा पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी–२ का २८ वर्षीय लोमस दाहाल छन् ।

Advertisement

शुक्रवार साँझ करिव ८ बजे धरानबाट इटहरीतर्फ जाँदै गरेको प्र १–०२–००२ च ४६६२ नंम्बरको पिकअपले सोही दिशातर्फ जाँदै गरेको को १६ प ५७२० नंम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । पिकअपको ठक्करबाट दाहाल र मोटरसाइकलमा पछाडि सवार इटहरी–५ का २९ बर्षीय सरोज गुरागाईँ घाइते भएका थिए ।

उनीहरुलाई उपचारका लागि विराटनगरस्थित आर्या न्युरो अस्पताल लगिएको थियो । उपचारकै क्रममा राती करिव १० बजे दाहालको मृत्यु भएको प्रहरीले जनाएको छ । पिकअप चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीको भनाई छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!