संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

मोरङ । मोरङको सुन्दरहरैंचा नगरपालिका–४ स्थित राजमार्गमा आज टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुन्दरहरैंचा–४ का २९ बर्षीय कुमार राई छन् ।

दिउँसो करिव सवा १ बजे प्रदेश १–०२–००१ ख ८३३२ नम्बरको टिपरले विपरित दिशाबाट आउँदै गरेको को.३८ प ५९५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट राई गम्भीर घाइते भएका थिए ।

Advertisement

उनलाई उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याउँने बित्तिकै डाक्टरले मृत घोषणा गरेका हुन् । टिपर र चालक सुनसरीको ईटहरी–१ का राज कुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!