- संगालोखबर सम्वाददाता
तस्वीर सौजन्य: सन्तबीर लामा

धनकुटा । धनकुटाको जिरोपइन्ट नजिक आज बिहान मोटरसाइकलको ठक्करबाट एक बृद्ध गम्भीर घाइते भएका छन् । जिरोपइन्टवाट पात्लेखोलातर्फ जादै गरेको को १३ प ४७१९ नम्बरको मोटरसाइकलले बिहान करिब ९ः३० बजे ठक्कर दिदा स्थानीय ७७ बर्षीय सतन राई घाइते भएका हुन् ।

आफ्नै घर नजिक सडक पार गर्ने क्रममा बृद्ध राईलाई मोटरसाइकलले ठक्कर दिएको हो । ठक्करबाट उनको टाउकोसहित शरीरका बिभिन्न भागमा चोट लागेको छ ।

Advertisement

घाइते राईलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याइएको भएपनि त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ्ग होम पठाइएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!