संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–३ बाङ्गेस्थित चतरा झुम्का नहरमा नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा बराहक्षेत्र–४ की ३६ बर्षीया शोभा खड्का र १४ बर्षीया सलिना खड्का छन् ।

बिहिबार बिहान करिब १० बजे नहरमा नुहाउँने क्रममा घटना भएको हो । पानीमा डुबेकी शोभालाई अचेत अवस्थामा उद्धार गरेर उपचारका लागि धरानस्थित विजयपुर अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

Advertisement

यता, पानीमा डुबेर बेपत्ता भएकी सलिनाको शव घटनास्थलभन्दा करिब ३ सय मिटर तल नहरमा फेला परेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोली र स्थानीयवासीले खोजी गर्ने क्रममा सलिना मृत अवस्थामा भेटिएकी हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!