- संगालोखबर सम्वाददाता
फायल तस्बीर

सुनसरी । धरानबाट लागुऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन् । धरान उप–महानगरपालिका–८ बाट स्थानीय ३९ बर्षीय पुरुषोत्तम श्रेष्ठ र धरान–१५ का २९ बर्षीय बिनोद दर्नाललाई प्रहरीले पक्राउ गरेको हो ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले श्रेष्ठको साथबाट २ ग्राम र दर्नालको साथबाट ५ सय मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो ।

Advertisement

उनीहरुले प्रयोग गरेको प्रदेश १–०२–००३ ह १६४९ नम्वरको टेम्पो पनि प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुको बिषयमा इलाका प्रहरी कार्यालय धरानले थप अनुसन्धान गरिरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!