- संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

सुनसरी । पौडी खेल्ने क्रममा खोलामा डुब्दा धरानका एक युवाको मृत्यु भएको छ । मृत्यु हुँनेमा धरान उप–महानगरपालिका–६ का २३ बर्षीय इशान बहादुर कार्की छन् ।

बुधबार दिउँसो साढे ३ बजे मोरङको केराबारी गाउँपालिका–६ स्थित हुरहरे खोलामा पौडी खेल्ने क्रममा कार्की डुबेका हुन् । उनलाई साथीहरुले देखेर उद्धार गरी उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।

Advertisement

अस्पताल पुर्याउनासाथ उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!