- सन्तोष सुवेदी/संंगालोखबर

धनकुटा । धनकुटाको पाख्रीवासस्थित प्राकृतिक श्रोत व्यवस्थापन कलेजमा तीन विद्यार्थी सङ्गठनले लगाएको ताला चार दिनपछि बुधबार खोलिएको छ । क्याम्पस प्रशासन र विद्यार्थी सङ्गठनहरूबीच सात बुँदे सहमति भएपछि ताला खोलिएको हो ।

Advertisement

बिएससी एजी पाँचौं सेमेस्टरमा भर्ना भएका विद्यार्थीहरुको परीक्षा तालिका भदौं २ गते प्रकाशन भएको थियो । सो तालिका अनुसार परीक्षाका क्रममा एक विषयदेखि अर्को विषयको परीक्षाबीचमा एक दिनमात्र बिदा दिइएको थियो । एक दिनमात्र खाली हुँदा समस्या हुने भएकाले कम्तिमा दुई दिन बिदा दिइनुपर्ने र परीक्षा सुरु हुनुभन्दा १४ दिन अघि नै परीक्षा तालिका सार्वजनिक हुनुपर्ने भन्दै विद्यार्थीहरूले संशोधन गरेर पुनः परीक्षा तालिका सार्वजनिक गर्न माग गर्दै कलेजमा ताला लगाएका थिए ।

तर, अबदेखि प्रत्येक विद्यार्थी सङ्गठनका प्रतिनिधिसँग छलफल गरेर मात्र परीक्षा तालिका प्रकाशन गर्ने, परीक्षा सम्पन्न भइसकेपछि विद्यार्थीका मागहरू संवोधनका लागि केन्द्रिय कार्यालयमा पुर्याउन कलेजले सहजिकरण गर्ने लगायत विषयमा सहमति जुटेपछि ताला खोलिएको अनेरास्ववियुका अध्यक्ष सुदिप कोइरालाले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!