- संगालोखबर सम्वाददाता

उदयपुर । उदयपुरमा गाँजा बिक्री गरिरहेको अवस्थामा एक महिला पक्राउ परेकी छन् । चौदण्डीगढी नगरपालिका–३ स्कुलबारीकी ५९ वर्षीया लामु शेर्पालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Advertisement

शेर्पाले गाँजा बिक्री गर्दै गरेको सूचना पाएपछि बसाह प्रहरी चौकीबाट गएको प्रहरी टोलीले आइतवार राती करिब ८ बजे घरबाटै उनलाई पक्राउ गरेको हो । उनको साथबाट १ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

उनलाई पक्राउ गरी बेल्टार इलाका प्रहरी कार्यालयमा ल्याइएको छ । उनीविरुद्ध प्रहरीले उदयपुर जिल्ला अदालतमा लागूऔषध मुद्दा दायर गरेर कारबाही प्रकृया अघि बढाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!