- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटा नगरपालिका–६ गोठगाउँस्थित कोशी राजमार्गमा गएराती मिनिट्रक दुर्घटना भएको छ । दुर्घटनामा परी ट्रकका सहचालक गम्भीर घाइते भएका छन् ।

Advertisement

धनकुटाबाट धरानतर्फ जादै गरेको प्र १–०२–००१ख ९४८९ नम्बरको मिनिट्रक राती करिब १ बजे सडक छेउमा पल्टिएको हो । दुर्घटनामा परी मिनिट्रकका सहचालक धनकुटाको महालक्ष्मी नगरपालिका–९ का १७ वर्षीय निरज खड्का गम्भीर घाइते भएका हुन् । उनको वांया खुट्टामा गम्भीर चोट लागेको छ ।

घाइते खड्कालाई उपचारका लागि राती धनकुटा जिल्ला अस्पताल ल्याइएको थियो । त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

ओरालो सडकमा ब्रेक फेल भएर ट्रक दुर्घटना भएको ट्राफिक प्रहरीको अुनमान छ । ‘ब्रेक फेल भएपछि ट्रक अनियन्त्रित भएर रोड छेउको रेलिङमा ठोक्किएर पल्टिएछ,’ धनकुटाका ट्राफिक प्रहरी दिपक खड्काले संगालोखबरसँग भने, ‘रोड मुनी भीर छ, धन्न ट्रक रेलिङमा ठोक्किएकाले ठूलो क्षति हुनबाट जोगियो ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!