- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटा नगरपालिका–९ मुलघाट नजिक जङ्गलमा आज दिउँसो एक व्यक्ति रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । मोरङको सुनबर्षी नगरपालिका–३ का ३६ वर्षीय मिनकुमार बस्नेत दिउँसो करिब ३ बजे सडक नजिक रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

Advertisement

उनले आफै रुखमा झुन्डिएर आत्महत्या गरेको अनुमान गरिएपनि आत्महत्या वा हत्या के हो भन्ने यकिन भइसकेको छैन । मोरङको सुनबर्षी घर भएका बस्नेत आत्महत्या गर्न किन र कसरी त्यहाँ आइपुगे भन्ने खुल्न बाँकी छ । घटनास्थल नजिक मोटरसाइकल पनि फेला परेको छ ।

झुण्डिएको अवस्थामा मृत फेला परेको जानकारी पाएपछि प्रहरी टोली घटनास्थल गएको छ । शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी गरिएको छ । घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डीएसपी चिरञ्जीवी दाहालले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!