- संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–९ स्थित सप्तकोशी नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । सप्तकोशीको भंगालोमा डुब्दा बराहक्षेत्र–९ राजाबासका १२ बर्षीय अमर माझीको मृत्यु भएको हो ।

उनी राजावासस्थित सरस्वति मा.बि.को कक्षा ६ मा अध्ययनरत थिए । बुधबार स्कूलमा टिफिन भएका बेला सप्तकोशी नदीको भंगालोमा पौडी खेल्न पुगेका माझी त्यही डुबेका हुन् ।

Advertisement

उनलाई नदीबाट उद्धार गरेर उपचारका लागि चक्रघट्टीस्थित नगर अस्पताल लगिएको भएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!