- संगालोखबर सम्वाददाता

धनकुटा । आसन्न प्रदेश सभा निर्वाचनमा धनकुटाको प्रदेश सभा निर्वाचन क्षेत्र नं. (ख) का लागि नेकपा एमालेले पाँच जनाको नाम सिफारिस गरेको छ । प्रदेश निर्वाचन क्षेत्रीय समन्वय कमिटीको आज बसेको बैठकले उम्मेदवारका लागि एक महिलासहित पाँच जना आकांक्षीको नाम जिल्ला कमिटीलाई सिफारिस गरेको हो ।

नाम सिफारिस हुँनेहरुमा एमाले जिल्ला अध्यक्ष तथा प्रदेश सांसद ईन्द्रमणी पराजुली, प्रदेश कमिटी सदस्य तथा प्रदेश सांसद हिमादेवी बस्नेत, प्रदेश कमिटी सदस्य तथा निवर्तमान जिसस प्रमुख टंक चुवान, जिल्ला सचिवालय सदस्य तथा महालक्ष्मी नगरपालिकाका प्रथम मेयर पर्शुराम नेपाल र सचिवालय सदस्य गोपाल भट्टराई छन् ।

सिफारिस गरिएका मध्ये एक जना एमालेबाट प्रत्यक्षतर्फको निर्वाचनमा उम्मेद्वार बन्नेछन् । प्रदेश निर्वाचन क्षेत्रीय समन्वय कमिटीले पठाएका नामका बिषयमा छलफलका लागि सोमबार जिल्ला कमिटीको सचिवालय बैठक बस्दैछ ।

प्रदेश निर्वाचन क्षेत्रीय समन्वय कमिटी, जिल्ला कमिटी, प्रदेश कमिटी हुँदै केन्द्रिय कमिटीमा पुगेका नाम मध्येबाट एक जनालाई एमालेको केन्द्रिय कमिटीले उम्मेदवारको टिकट दिनेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!