विराटनगरबाट २१ लाखको सामानसहितको ट्याक्टर प्रहरी नियन्त्रणमा
मोरङ । विराटनगर महानगरपालिका–१२ रोडशेष चोकबाट प्रहरीले करिब २१ लाख मूल्य बराबरको सामानसहितको ट्याक्टर नियन्त्रणमा लिएको छ । न्यूनतम मुल्याङ्कन गरी भारतबाट आयात गरिएका बिभिन्न सामाग्रीहरुसहितको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी निरीक्षकको कमान्डमा खटिएको प्रहरी टोलीले बीआर ३८ ई ७४२५ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो ।
ट्याक्ट...































