संगालोखबर सम्वाददाता

सुनसरी । सुनसरीमा श्रीमतीको हत्या गरेर फरार भएका श्रीमान चार बर्षपछि पक्राउ परेका छन् । ईनरुवा नगरपालिका–४ की २३ बर्षीया अनिता देवी खत्वेको हत्या गरेर भागेका उनका श्रीमान ३५ बर्षीय विनोद कुमार खत्वेलाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

२०७४ साल जेष्ठ ४ गते राती श्रीमतीको हत्या गरी खत्वे फरार भएका थिए । फरार रहेका खत्वेलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले सोमवार साँझ पक्राउ गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!