- संगालोखबर सम्बाददाता

विराटनगर । विराटनगर महानगरपालिका–२ तीनपैनी चोक छेउमा चोरले लिएर भाग्दै गरेको टाटा सुमो दुर्घटना भएको छ । विराटनगर–३ भट्टा चोकबाट चोरले लिएर भाग्दै गरेको को १ च ९४६७ नम्बरको सुमो मेरिल्याण्ड कलेजको नयाँ बसमा ठोक्किएको हो ।

Advertisement

दुर्घटना हुँदा दुबै सवारीमा सामान्य क्षति भएको छ । सुमो लिएर भाग्ने अशोक चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । उनी नसामा रहेको प्रहरीले जनाएको छ । उनले आफ्नो नाम पनि फेरिरहेका छन् । प्रहरीका अनुसार गाडीमै चाबी देखेपछि लिएर हिडेको चौधरीले बताएका छन् ।

भट्टा चोकका चन्द्र अधिकारीले सञ्चालन गर्दै आएको सुमो उनले दिउँसो घर अगाडि पार्किङ गरे लगतै चोरी भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!