संगालोखबर सम्वाददाता

मोरङ । विराटनगर महानगरपालिका–१२ रोडशेस चोकबाट ३७ लाख मूल्य बराबरको अवैध सामान बरामद भएको छ । भारतबाट भन्सार छलेर ल्याउँदै गरेको अवैध सामानसहितको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो ।

Advertisement

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बीआर ७ के १७२४ नम्बरको ट्रयाक्टरमा अवैध सामाग्री फेला परेको हो । ट्याक्टरमा बिभिन्न प्रकारका मोटर पार्टसहरु छन् । भन्सार नतिरी भारतबाट ल्याइएको हुनाले ती सामाग्री अवैध भएको प्रहरीको भनाई छ ।

प्रहरीले सामानसहितको ट्याक्टर र चालक भारतको अररियाका तलुवा मुर्मुलाई पनि नियन्त्रणमा लिएको छ । बरामद सामाग्रीको विषयमा आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!