- सन्तोष सुवेदी/संंगालोखबर

धनकुटा । ‘गजल महफिल’ आयोजना गरेर आइतवार धनकुटामा १५७ औं मोति जयन्ती मनाइएको छ । मोति जयन्तीको अवसर पारेर जिल्ला युवा समितिले गजल महफिल आयोजना गरेको हो ।

Advertisement

महफिलमा चार जना गजलकारले गजल बाचन गरे । मोरङमा बसेर सहित्यमा कलम चलाउदै आएका गजलकार जीवि गजल, धनकुटाको पाख्रीबासमा बसेर गजलमा कलम चलाउदै आएका गजलकार अनन्त अनुराग, ध्रुब एलेक्स र याक्थुम्बा कान्छाले गजल प्रस्तुत गरेका थिए ।

गमलामा रोपिएको फूलको विरुवामा प्रदेश सांसद निरन राईले पानी हालेर कार्यक्रम उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै सांसद राईले देशमा भएका परिवर्तनहरु युवाहरुको लगनशिलता, मेहनत र नेतृत्वले गर्दा हासिल भएको बताए ।

उनले कुनै पनि परिवर्तन आफै सम्भव नरहेकाले देशलाई विकास गर्न युवाहरुको आवश्यकता औंल्याए । युवाहरुका लागि आफ्नो क्षेत्रबाट सकेको सहयोग गर्ने सांसद राईले प्रतिवद्धता व्यक्त गरे ।

लुकेका प्रतिभाहरुलाई प्रस्तुत गर्ने माहोल मिलाउँन गजल महफिल आयोजना गरिएको जिल्ला युवा समितिका अध्यक्ष कला राईले जानकारी दिइन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!