- संगालोखबर सम्बाददाता

धरान । कोशी राजमार्ग अन्तर्गत धरान–इटहरी सडक निर्माणमा ढिलासुस्ती हुँदा दुर्घटना बढ्न थालेको छ । धरानको तीनकुनेदेखि तरहरासम्मको १० किलोमिटर ६ लेनको सडक निर्माण सुस्त भएपछि पछिल्लो समय दुर्घटना बढ्दै गएको हो ।

Advertisement

ट्राफिक प्रहरीको तथ्यांक अनुसार पछिल्लो एक वर्षमा यहाँ ४१ वटा दुर्घटना भएका छन् । दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ६ जना गम्भीर अवस्थामा छन् । त्यस्तै अन्य ६३ जना सामान्य घाइते भएका छन् । जीर्ण सडकमा तीव्र गतिले सवारी चलाउँदा दुर्घटना बढेको ट्राफिक प्रहरीको भनाई छ ।

मूल्य बढेसँगै निर्माण सामाग्रीको अभाव भएपछि निर्माण व्यवसायी महासंघले मुलुकभरि आव्हान गरेको ‘निर्माण होलिडे’का कारण देखाउँदै ठेकेदार कम्पनीले निर्माणको काम नै ठप्प बनाएपछि सवारी आवत जावतमा समस्यासँगै दुर्घटनाको जोखिम पनि बढ्दै गएको हो ।

धरानको तीनकुनेदेखि तरहरासम्मको सडक निर्माण आगामी असार मसान्तसम्ममा सम्पन्न गर्ने गरी ७५ करोड लागतमा दुई प्याकेजमा ठेक्का सम्झौता भएको छ । तरहरादेखि सेउती पुलसम्म प्यासिफिक बिल्डर्स जेभी र सेउतीदेखि तीनकुनेसम्म रौता कन्ट्रक्सनले निर्माणको ठेक्का पाएको छ । उक्त सडकको काम रोकिएपछि सडक निर्माणका लागि जथाभावी राखिएका निर्माण सामाग्री तथा सडकमा परेका खाल्डाखुल्डीका कारण दुर्घटनाको जोखिम बढेको हो । 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!