- संगालोखबर सम्बाददाता
फायल तस्बीर

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–१० खैराहा झोडास्थित मदन भण्डारी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते छन् ।

शनिवार दिउँसो करिव सवा १ बजे इटहरीबाट गाईघाटतर्फ आउँदै गरेको प्र १–०५००१ प ७४८५ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटनामा मोटसाइकल चालक कटारी नगरपालिका–४ कान्छी बजारका २४ वर्षीय अभिषेक खड्का र मोटरसाइकलमा सवार उनकी श्रीमती २० वर्षीया संजिता बस्नेत घाइते भएका थिए । 

Advertisement

उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर ल्याइएको थियो । उपचारकै क्रममा खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । बस्नेत जिल्ला अस्पतालमा उपचाररत छिन् । 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!