- संगालोखबर सम्वाददाता

बिराटनगर । मोरङ, झापा र सुनसरीका तीन जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर आरआइटी समूहको प्रहरी टोलीले बिभिन्न मुद्दाका फरार प्रतिवादीहरुलाई फरक–फरक स्थानबाट पक्राउ गरेको हो ।

Advertisement

पक्राउ पर्नेमा झापाको शिवसताक्षी–८ का ३७ बर्षीय दिप्सन लावती, मोरङको सुन्दरहरैचा–७ का २५ बर्षीय सुरज परियार र सुनसरीको धरान–४ का ४९ बर्षीय महेन्द्र बहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको हो । तीनै जनालाई अदालतले दोषी ठहर गर्दै सजाय तोकेको भएपनि उनीहरु फरार थिए ।

लावतीलाई सर्वोच्च अदालतले २०६५ फागुन २३ गते ज्यान मुद्दामा जन्मकैदको फैसला गरेको थियो । घटनापछि फरार रहेका उनलाई प्रहरीको आरआइटी सूमह र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

परियारलाई लागुऔषध मुद्दामा जिल्ला अदालत सुनसरीले २०७५ फागुन २६ गते २५ दिन कैद र २ हजार जरीवानाको फैसला गरेको थियो । थापा सवारी ज्यान मुद्दामा जिल्ला अदालत मोरङबाट २०७७ फागुन ९ गते दोषी ठहर भएका थिए । २ महिना ५ दिन कैद र २ हजार जरीवाना तोकिएका उनी पनि फरार थिए ।

तीनै जनालाई पक्राउ गरेर प्रहरीले अदालतको आदेश अनुसार कैद भुक्तानका लागि कारागार पठाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!