- संगालोखबर सम्बाददाता
सांकेतिक तस्बीर

झापा । झापामा एक व्यक्तिले छुरा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । झापा गाउँपालिका–६ चन्द्रबस्तीका ४० वर्षीय नाइके सरदारले उनकी ३५ वर्षीया श्रीमती तालामई हस्दालाई छुरा हानेर हत्या गरेका हुन् ।

शुक्रबार राती करिव १० बजे मादक पदार्थ सेवन गरेर घर आएका नाइकेले श्रीमतीमाथि छुरा प्रहार गरेका थिए । कोखामा छुरा लाग्दा घटनास्थलमै तालामईको मृत्यु भएको प्रहरीले जनाएको छ । छुरा प्रहार गर्ने नाइके फरार छन् ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!