- संगालोखबर सम्वाददाता

विराटनगर । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघ मोरङले बुधबार अग्रज पत्रकारहरूलाई सम्मान गरेको छ । पत्रकारिता क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने १२ जना अग्रज पत्रकारहरूलाई सम्मान गरिएको हो ।

Advertisement

सम्मानित हुनेहरूमा अग्रज पत्रकार मिथिला उपाध्याय, शिवबहादुर कार्की, ऋतुवर्ण पराजुली, दुर्गाप्रसाद खतिवडा, केशवबहादुर कार्की, मोहन भण्डारी, दीपक दाहाल, तेजेन्द्र भण्डारी, प्रभाषचन्द्र झा र देवी पन्थी छन् ।

सम्मानित कार्की, भण्डारी र दाहाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष हुन् भने अरु पनि लामो समयदेखि पत्रकारिता पेशामा क्रियाशील छन् ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, विराटनगर महानगरपालिकाकी उपप्रमुख सिल्पा निराला कार्की, पत्रकार महासङ्घका अध्यक्ष सञ्जिव खनाल लगायतले अग्रज पत्रकारहरूलाई दोसल्ला ओढाई सम्मानपत्र प्रदान गरेर सम्मानित गरे ।

दुई दशक बढी समयदेखि पत्रकारिता गरिरहेका ६० वर्ष उमेर नाघेका अग्रज पत्रकारहरूलाई सम्मान गरिएको महासङ्घले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!