- संगालोखबर सम्वाददाता
फायल तस्बीर

संखुवासभा । निमार्णाधीन अरुण तेस्रो जलविद्युत आयोजनामा ढुङ्गाले लागेर एक जना मजदुरको मृत्यु भएको छ । सुरुङभित्र माथिबाट खसेको ढुङ्गाले लाग्दा सिलिचोङ गाउँपालिका–५ का २७ वर्षीय प्रेम राईको मृत्यु भएको हो ।

गएराति मकालु गाउँपालिका–५ आमाराङस्थित अडिट २ को सुरुङभित्र ढुंगा खसेर लाग्दा राई गम्भीर घाइते भएका थिए । घाइते राईलाई उपचारका लागि संखुवासभा जिल्ला अस्पताल ल्याइएको थियो । उपचारका क्रममा आज बिहान करिब ५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

सुरुङभित्र काम गर्ने अन्य दुई मजदुर पनि घाइते भएका छन् । भारतको आसाम गुवाहाटीका २३ वर्षीय सममती वलिता र २३ वर्षीय साइमुदिन अली घाइते भएका हुन् । जिल्ला अस्पतालमा उनीहरुको उपचार भइरहेको छ ।

निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजना स्थलमा हालसम्म विभिन्न दुर्घटनामा २ दर्जन बढी मजदुरको मृत्यु भइसकेको छ । सो आयोजनामा तीन हजारभन्दा बढी मजदुर कार्यरत छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!