- संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

उदयपुर । बालिकालाई बलात्कार गरेको आरोपमा उदयपुरको बेलका नगरपालिका–१ आमवासीका अतिमान बिक पक्राउ परेका छन् । पीडित पक्षले उजुरी दिएपछि प्रहरीले विकलाई सोमबार पक्राउ गरेको हो ।

घटना गत फागुन १८ गतेको हो । विकले श्रीमती बिरामी भएकाले खाना पकाउन सघाउन बोलाएर १४ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोप छ । ती बालिकाले दुई महिनापछि गत आइतबार परिवारका सदस्यलाई घटना सुनाएपछि पीडित पक्षले इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा उजुरी दिएको हो ।

उजुरी आएपछि विकलाई पक्राउ गरेर घटनाको विषयमा थप अनुसन्धान प्रकृया अघि बढाइएको उदयपुरका प्रहरी निरीक्षक मोहन थापाले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!