संगालोखबर सम्वाददाता

विराटनगर । विराटनगर महानगरपालिकाले माछामासु पसलको अनुगमनलाई तीव्रता दिएको छ । हाटबजारमा खुला रुपमा माछामासु बिक्री गर्न रोक लगाएको महानगरले यसलाई कडाइका साथ कार्यान्वयन गर्न अनुगमनलाई तिव्रता दिएको हो । सटरमा सञ्चालित माछामासु पसलको अनुगमनमा पनि तीव्रता दिइएको छ ।

Advertisement

महानगरको पशुपक्षी विकास शाखाका प्रमुख शुभनारायण यादव नेतृत्वको टोलीले सोमबार रोडशेष र कोशी प्रोजेक्ट आसपासका मासु पसलको अनुगमन गरेको छ । अनुगमन टोलीले पसलको दर्ता, नवीकरण, फोहोर व्यवस्थापनको सदस्य भए नभएको, मासु पसल सञ्चालन मापदण्ड पालना गरे/नगरेको लगायत विषयको अनुगमन गरेको थियो ।

कतिपय पसलमा जिउँदो कुखुरा र बिक्री कक्ष नजिक रहेको भेटिएकाले सुधार्न निर्देशन दिइएको छ । उपभोक्ताले सफा र ताजा मासु पाउन् भन्ने उद्देश्यले अनुगमन तीव्र पारिएको पशुपक्षी विकास शाखाका प्रमुख यादवले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!