- संगालोखबर सम्वाददाता

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । गएराती चट्याङ पर्दा स्थानीय ६० वर्षीय श्रीप्रसाद कडरियाको मृत्यु भएको हो ।

Advertisement

घरमै बसिरहेका बेला चट्याङ लागेर कडरियाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारीपछि इलाका प्रहरी कार्यालय तेल्लोकबाट गएको प्रहरी टोलीले मृतकको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याएको छ । केही दिनअघि पनि चट्याङ लागेर मैवाखोला गाउँपालिकामा एक बालकको मृत्यु भएको थियो ।

यता, पाँचथरको फालेलुङ गाउँपालिका–३ मा चट्याङ पर्दा एउटै फर्मका ५४ वटा भेडा मरेका छन् । भेडा मर्दा करिब १५ लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

भेडा फर्ममा काम गर्ने याङबरक–३ का प्रेम राई चट्याङ लागेर गम्भीर घाइते भएका छन् । राईको शरीरको दाहिने पाटो चलेको छैन, बोल्न पनि नसक्ने अवस्थामा छन् । उनलाई उपचारका लागि फालेलुङ स्वास्थ्य चौकी पठाइएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!