- संगालोखबर सम्वाददाता

मोरङ । धनकुटाको छ नं.बुधबारेबाट लेटाङ आउँदै गरेको बोलेर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुई जना घाइते छन् । आज अपरान्ह करिब ४ बजे लेटाङ नगरपालिका–७ वारंगीमा प्र. १– ०२–००१ ज ३९५३ नं को बोलेरो पिकअप दुर्घटना भएको हो ।

Advertisement

दुर्घटनामा परी गाडी चालक पथरी शनिश्चरे–२ का २५ वर्षीय मनोज दियाली र गाडी धनी लेटाङ–६ का ७४ वर्षीय जीवन कुमार श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका उनीहरूलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।

उपचारकै क्रममा दियाली र श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । एक जना घाइतेको उपचार भइरहेको छ । बोलेर सडकबाट करिब १ सय मिटर तल खसेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!