संगालोखबर सम्वाददाता

संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिका–४ सिप्ररुङमा भएको हेलिकप्टर दुर्घटनामा परी पाइलटसहित दुई जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा पाइलट सुरेन्द्र पौडेल र स्थानीय भविन गुरुङ्ग गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

Advertisement

हेलिकप्टरमा सवार थप दुई जना सामान्य घाइते छन् । घाइतेहरूलाई उपचारका लागि सिम्रिक एयरको अर्को हेलिकप्टर र नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रवक्ता प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए । ‘हेलिकप्टरमा चार जना सवार थिए । पाइलटसहित दुई जना गम्भीर घाइते छन्, अरु दुई जनाको अवस्था सामान्य छ,’ प्रवक्ता खनालले भने, ‘घाइतेहरूलाई उद्धार गरेर उपचारका लागि हेलिकप्टरबाटै काठमाडौं पठाइएको छ ।’

हटिया गोलाको छोङग्राङबाट माथिल्लो अरुण जलविद्युत् आयोजनाको सामग्री बोकेर उडेको सिम्रिक एयरको हेलिकप्टर दिउँसो करिब १ बजे सिप्ररुङको हम्मरेडाँडामा दुर्घटना भएको हो । विद्युत्का सामग्री झुन्ड्याएर लैजादै गरेको अवस्थामा रुखमा ठोक्किएर हेलिकप्टर दुर्घटना भएको बताइएको छ ।

यसअघि प्रकाशित…

संखुवासभामा हेलिकप्टर दुर्घटना

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!