संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा मन्दिर जाने क्रममा बेपत्ता भएका झापाका लोकप्रसाद पराजुली मृत फेला परेका छन् । अर्जुनधारा नगरपालिका–५ घर भएका ६० वर्षीय पराजुलीको शव आज बिहान जङ्गलमा फेला परेको हो ।

उनी गत शुक्रबार परिवारका सदस्यसहित मन्दिर जाने क्रममा बाटो बाटै बेपत्ता भएका थिए । उनलाई माथिल्लो फेदीदेखि मान्छेलाई पिठ्यूमा बोक्न लगाएर लागिएको थियो ।

Advertisement

शौचालय जान भनेर जङ्गल पसेका पराजुली नफर्किएपछि उनको खोजी भइरहेको थियो । खोजी गर्ने क्रममा माथिल्लो फेदीदेखि करिब तीन किलोमिटर उत्तरपट्टिको जङ्गल क्षेत्रमा उनको शव भेटिएको प्रहरीले जनाएको छ ।

उनको परिवारका केही सदस्य पूजापाठ गर्न दुई दिन अघिदेखि नै मन्दिरमा थिए । पूजा समापनको दिन उनलाई पनि दर्शनका लागि लगिएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!