- संगालोखबर सम्वाददाता

इलाम । इलामको सूर्योदय नगरपालिका–१० फिक्कलमा घर निर्माण गर्ने क्रममा आज साँझ माटोको ढिस्को झरेर पुर्दा चार जना मजदुरको मृत्यु भएको छ । स्थानीय विनोद श्रेष्ठको घर बनाउने क्रममा साँझ करिब ५ बजे माथिबाट माटोको ढिस्को झरेर पुर्दा भारतीय मजदुरहरूको मृत्यु भएको हो ।

Advertisement

मृत्यु हुनेमा भारतको किसनगन्जका तोसीब अलाम, अजि मोदिन, मुजाफर अलाम र अब्दुल अलाम छन् । भर्खरै खनिएको घडेरीमा आजैबाट घर निर्माणको काम थालिएको थियो ।

ढिस्को काटेर घडेरी सम्याइ घरको जग खन्ने क्रममा माथिबाट पहिरो झरेर पुर्दा चारै जना मजदुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । ‘माथिबाट माटोको ढिस्को झरेर पुर्दा चारै जनाको घटनास्थलमै मृत्यु भएको छ,’ डीएसपी बस्नेतले संगालोखबरसँग भने, ‘पुरिएका शवलाई जेसीवीले खनेर निकालेका छौ ।’

मृतकको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ । उनीहरु केही समय अघिदेखि इलामका बिभिन्न स्थानमा घर निर्माणको काम गर्दै आएका थिए । ठेकेदार ममत अलामसहित चारजना भने माटोको ढिस्को खस्ने क्रममा भागेर जोगिएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!