- संगालोखबर सम्वाददाता

संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिका–४ सिप्रुङमा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परी घाइते भएका एक जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका स्थानीय भविन गुरुङको मृत्यु भएको हो ।

Advertisement

उनी हेलिकप्टरमा सहयोगीका रूपमा काम गर्दै आएका थिए । दुर्घटनामा परी पाइलट सुरेन्द्र पौडेल, कोपाइलट छिरिङ भोटे, सहयोगी मनोज थापा, विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शंकर गम्भीर घाइते छन् ।

शरीरका विभिन्न भागमा चोट लागेका उनीहरूलाई उपचारका लागि सिम्रिक एयरको अर्को हेलिकप्टर र नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रवक्ता प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए ।

हटिया गोलाको छोङग्राङबाट माथिल्लो अरुण जलविद्युत् आयोजनाको सामग्री बोकेर उडेको सिम्रिक एयरको हेलिकप्टर दिउँसो करिब १ बजे सिप्रुङको हम्मरेडाँडामा दुर्घटना भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!