- संगालोखबर सम्वाददाता
पहिरो पन्छाइँदै । तस्वीर: सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ ओख्रेस्थित कन्यापोखरी नजिक पहिरो खस्दा भेडेटार–राजारानी सडक अवरुद्ध भएको छ । आज दिउँसो करिब ३ः३० बजे सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

सो क्षेत्रको सडक विस्तारको काम भइरहेको छ । सडक विस्तारका क्रममा स्काभेटरले भित्तो खन्ने क्रममा माथिबाट पहिरो खसेको हो । सडक अवरुद्ध भएपछि दर्जनौँ सवारी साधन बिच बाटोमै अलपत्र परेका छन् ।

सडक खुलाउँन अहिले स्काभेटरले पहिरो पन्छाउने काम गरिरहेको छ । पहिरो थप नबढे करिब दुई घण्टापछि सडक खुल्ने सम्भावना रहेको बताइएको छ ।

अपडेट : दुई घण्टापछि खुल्यो भेडेटार-राजारानी सडक

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!