- संगालोखबर सम्वाददाता

सुनसरी । ठूलो परिमाणको गाँजासहित धनकुटाका दुई युवा आज धरानबाट पक्राउ परेका छन् । धरान उपमहानगरपालिका–१३ स्थित बेसक्याम्पको शिवधारा चेक प्वाइन्टबाट २२७ किलो गाँजासहित छथर जोरपाटी गाउँपालिकाका–६ सिधुवाका ३४ वर्षीय चन्द्र थापा र छथरजोरपाटी–२ ओख्रेका २८ वर्षीय चूणामणि कटवाल पक्राउ परेका हुन् ।

Advertisement

धनकुटाबाट प्रदेश १–०२–००१ ख ९४८९ नम्बरको मिनी ट्रकमा गाँजा राखेर ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीको टोलीले गाँजासहित उनीहरूलाई नियन्त्रणमा लिएको हो । ८ वटा बोरामा हालेर राखिएको अवस्थामा गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।

पक्राउ पर्ने थापा मिनिट्रकका चालक हुन् भने कटवाल सहचालक हुन् । उनीहरूलाई कारबाहीका लागि ट्रकसहित इलाका प्रहरी कार्यालय धरानमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!