- संगालोखबर सम्वाददाता
फाइल तस्वीर

धनकुटा । संखुवासभाको फाक्सिन्दास्थित निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत निर्माणस्थलमा अरुण नदी थुनिएको छ । सुख्खा पहिरो खसेपछि अरुण नदी थुनिएको हो ।

भारतीय कम्पनीले निर्माण गरिरहेको अरुण ३ जलविद्युत आयोजनाको ड्राइभर्सन टनेलको मुखमा आइतबार बिहान सुक्खा पहिरो खसेको थियो । बिहानैदेखि सुक्खा पहिरो खसिरहेकाले डाइभर्सन गरेर नदी खुलाउने प्रयास भइरहेको बताइएको छ । नदी थुनिएको स्थानमा २६ मिटर भन्दा बढी पानी जमेको छ ।

Advertisement

सुख्खा पहिलो निरन्तर खसिरहेको छ । पहिरोका कारण अरुण तेस्रोको ड्याम साइडको काम पनि रोकिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!