संगालोखबर सम्वाददाता
फाइल तस्वीर

इटहरी । सुनसरीको इटहरीबाट नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । इटहरी उप–महानगरपालिका–१ आपगाछीमा लागेको सिरुवा मेलाबाट नक्कली नोटसहित गढी गाउँपालिका–२ का ३८ को जमिल खातुनलाई प्रहरीले पक्राउ गरेको हो ।

बिहीबार साँझ करिब सात बजे खातुनले मेलामा जेरी किनेर एक हजार रुपैयाँको नोट दिएका थिए । नोट असामान्य देखिएपछि नक्कली हुनसक्ने शंका लागेर पसलका मानिसले मेलामा खटिएका प्रहरीलाई जानकारी गराएका थिए ।

Advertisement

छानविन गर्दा नक्कली नोट भएको खुलेपछि प्रहरीले खातुनलाई पक्राउ गरेको हो । खातुनको साथमा खानतलासी गर्दा एक हजारका ५ वटा र पाँच सयका २२ वटा नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ ।

नक्कली नोट फेला परेपछि खातुनलाई नियन्त्रणमा लिएर उनको कारोबारका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!