- संगालोखबर सम्वाददाता
दुर्घटना भएको पिकअप । तस्वीर : सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटा नगरपालिका–६ स्थित गोठगाउँमा शुक्रबार दिउँसो पिकअप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । सिधुवाबाट तरकारी बोकेर काठमाडौं जादै गरेको बा.०१०२६ प ८७२७ नम्बरको पिकअप दिउँसो करिब २ बजे गोठगाउँस्थित औद्योगिक ग्राम नजिक पल्टिएको हो ।

दुर्घटनामा परी छथर जोरपाटी–६ का ४० वर्षीय गोविन्द घिमिरे, पिकअप चालक सिरहाको नहरा गाउँपालिका १ का ३५ वर्षीय अरविन्द कुमार महतो र सप्तरीको कञ्चनरूप नगरपालिका–१० का ४० वर्षीय जयप्रकाश गुप्ता घाइते भएका छन् । प्रहरीका अनुसार घाइते घिमिरेको अवस्था गम्भीर छ ।

घाइतेहरूलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याइएको थियो । जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि घिमिरे र गुप्तालाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको धनकुटाका प्रहरी निरीक्षक मानबहादुर श्रेष्ठले जानकारी दिए । चालक महतोको जिल्ला अस्पतालमा उपचार हुदैछ ।

ओरालो सडकमा ब्रेक फेल भएर पिकअप दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । पिकअप सडकबाट करिब १०० मिटर तल खसेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!