- संगालोखबर सम्वाददाता

विराटनगर । दलित महिला संघको कोशी प्रदेश समिति निर्माण गरिएको छ । विराटनगरमा बिहीबार सम्पन्न दलित महिलाहरूको प्रदेश स्तरीय दुई दिने सम्मेलनले उदयपुरकी पाण्डु परियारको अध्यक्षतामा १५ सदस्यीय कोशी प्रदेश समिति निर्माण गरेको हो ।

Advertisement

यसअघि जिल्ला–जिल्लामा मात्र समिति थिए, कोशी प्रदेशमा पहिलो पटक प्रदेश समिति निर्माण गरिएको हो । नव गठित समितिको उपाध्यक्षमा इलामकी बसन्ती घतानी, सचिवमा मोरङकी दुर्गा नेपाली र कोषाध्यक्षमा धनकुटाकी रेजिना हिङमाङ्ग चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा सुनसरीकी सकुन्तला त्रिखत्री, ओखलढुङ्गाकी दिलकुमारी विश्वकर्मा, झापाकी अम्बिका तोलाङ्गी, सोलुखुम्बुकी शर्मिला मगर नेपाली, भोजपुरकी सजना परियार, खोटाङकी सरिता सुनार, ताप्लेजुङकी चन्द्रकला दर्नाल, संखुवासभाकी पवित्रा बिक, तेह्रथुमकी एमन नेपाली, पाँचथरकी भगवती कामी र मोरङकी अनुजा पासवान चयन भएका छन् ।

सम्मेलनले गंगामाया विश्वकर्मा, उमेश विश्वकर्मा र सरिता कुमारी सरदार सम्मिलित सल्लाहकार समिति पनि निर्माण गरेको छ ।

यो पनि…

आरक्षण बढाउँन दलित महिलाको माग

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!