- संगालोखबर सम्वाददाता

विराटनगर । विराटनगरबाट ठूलो परिमाणमा सुन, चाँदी र नगदसहित तीन जना पक्राउ परेका छन् । ५१ तोला सुन, ४९२ तोला चाँदी र ७ लाख ९५ हजार भारतीय रुपैयाँसहित तीन जनालाई विराटनगर–१५ बाट प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

को.२ च १४९५ नम्बरको इको भेनमा अवैध सुनचाँदी र नगद बोकेर विराटनगरबाट भातरतर्फ जादै गर्दा भारत बिहार कटिहारका ६१ वर्षीय बिनोद कुमार मुरारका, उनकी श्रीमती ५६ वर्षीया पुष्पा र भेन चालक बिराटनगर–२ का ५२ वर्षीय विमल कामत पक्राउ गरेका हुन् ।

विशेष सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो करिब ३ः३० बजे भेन रोकेर चेकजाँच गर्दा अवैध, सुनचाँदी र नगद फेला परेपछि उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट सुनको बिस्कुट, सिक्का र गहना फेला परेको छ । त्यस्तै, चाँदीको ढिक्का, सिक्का, थाल, कचौरा, चम्चा, गिलास लगायत सामग्री बरामद भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

बरामद भएको करिब ९० लाख मूल्य बराबरको सुनचाँदी, रकम र भेनसहित तीनै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!